Media खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने

खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने

क्लिकमान्डु २०७४ फागुन २ गते १६:३२ मा प्रकाशित

काठमाडौं । संसारका अर्बपतिको सम्पत्तिले सरकारी खर्च कति दिनसम्म चल्न सक्ला ? त्यो सबैलाई कौतुहलताको विषय हो ।

ब्लूमर्गले ४९ देशका अर्बपतिको सम्पत्तिबाट उनीहरुको सरकार कति दिनसम्म चल्नसक्छ भन्ने एउटा सर्वेक्षण सार्वजनिक गरेको छ ।

जसमा संसारकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिले अमेरिकी सरकारले गर्ने ५ दिनको खर्च धान्न सक्ने ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको सम्पत्तिबाट चीन सरकारको ४ दिनको सबै खर्च चल्न सक्छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्तिबाट भारत सरकारले आफ्नो खर्च २० दिन धान्न सक्ने रिपोर्टमा उल्लेख छ ।

सर्वेमा नेपाल र नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी भने समावेश गरिएको छैन । हामीले विनोद चौधरीसँग भएको अहिलेको सम्पत्ति र यो वर्ष सरकारले ल्याएको बजेट र खर्च गर्ने आधारमा उनको सम्पत्तिले नेपाल सरकारको कति दिनको खर्च धान्छ भनेर हेरेका     थियौं ।

यसरी हेर्दा चौधरीको सम्पत्तिले मात्र नेपाल सरकारले ४२ दिनसम्मको खर्च धान्न सक्ने देखिएको छ ।

 

What do you want to do?

.