अर्बौको लगानी विस्तार गर्दै चौधरी ग्रुप
चौधरी ग्रुपले शिक्षा, उर्जा, होटल, सिमेन्ट र आयुर्वेद औषधी उत्पादन लगायतका क्षेत्रमा अबौँ रुपैँयाको लगानी बिस्तार योजना कार्यान्वयनमा ल्याएको छ । नयाँ योजनासँगै यस ग्रुपसँग लगानीका १० वटा मुख्य क्षेत्र स्थापित भएका छन् । यस अघि ग्रुपले पाँचवटा क्षेत्र मातहतका आयोजनामा लगानी गर्दै आएको थियो । लगानी विस्तारको दिर्घकालीन विस्तारको योजनालाई द्रुत रुपमा कार्यान्वयनमा ल्याईएको ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।