काठमाडौँ, बैसाख २२ (नागरिक)- चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधि र सौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | कम्पनीका अनुसार अहिले बजारमा ल्याएका सामानमा जडिबुटीका प्रचलित ६ थरि औषधि र ९ वटा कम्पनीका आफ्नै आयुर्वेदिक उत्पादन छन् |