-करिब ५ सय मजदुरले रोजगारी पाउने-एक अर्ब रुपैयाँ लगानीको घोषणा -सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा
माघ १५, २०७४
इटहरी — सुनसरीको गढी गाउँपालिका २ औरावनीमा चौधरी ग्रुपले औद्योगिक क्षेत्रको स्थापना गरेको छ ।एक अर्ब रुपैयाँ लगानीको घोषणासहित ‘सीजी इन्टस्ट्रियल पार्क’ को उपप्रधानमन्त्री विजय गच्छदारले आइतबार शिलान्यास गरेका छन् ।
२२ बिघा जमिनमा पहिलो चरणमा वाइवाई चाउचाउ र चिज बल्सको प्लान्ट निर्माण गरिने ग्रुपले जनाएको छ । ‘नौ महिनाभित्रमा उत्पादन नै सुरु हुनेछ,’ उद्घाटन समारोहमा गु्रपका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसपछि हाम्रा अन्य उत्पादनका उद्योगहरू स्थापना हुनेछन् ।’ मुलुकको संघीय संरचनाअनुसार हरेक प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ त्यसको सुरुवात एक नम्बर प्रदेशबाट भएको चौधरीले बताए । २७ वर्षअघि नवलपरासीमा स्थापना गरिएको औद्योगिक क्षेत्रकै अवधारणाअनुसार नयाँ विस्तार गरिएको उनले बताए ।
प्रकाशित : माघ १५, २०७४ ०७:४७