काठमाडौँ- चौधरी ग्रुपले नवलपरासीको शास्वतधाममा देशभरिका तीन दर्जनभन्दा बढी स्रस्टाको उपस्थितिमा काव्य समारोह आयोजना गर्ने भएको छ।
शनिबारदेखि सुरु हुने दुई दिवसीय काव्य समारोहमा कवि, साहित्यकार, लेखक र विभिन्न विधाका स्रस्टाहरु सहभागी हुनेछन्।
चौधरी ग्रुपका महाप्रवन्धक मधुसूदन पौडेलका अनुसार स्रस्टाहरुले शास्वतधाममै सिर्जना गरेका सिर्जनाहरु शास्वतधाममै सुनाउनेछन्। स्रष्टाहरुका लागि शास्वतधाममा सिर्जना गर्न विशेष व्यवस्था गरिएको पौडेलले जानकारी दिए।