Media News
News

जिन्दगी तासजस्तै हो : चौधरी

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा विनोद चौधरीको बारेमा लेखेको छ– विनोद कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपति हुन् । अरूले जस्तै गाउनमा सजिएर उनले उच्च शिक्षा पूरा गरेको प्रमाण–पत्र लिन पाएनन् । 

जतिखेर उनले ‘कपर फ्लोर’ नामको डिस्को खोले भर्खर १८ वर्ष टेकेका थिए । उनका बाबुलाई ‘हर्ट अट्याक’ भएपछि विनोदले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुपर्याे । त्यसपछि उनले एकपछि अर्को सपना देख्न थाले । विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उनले व्यावसायिक ढंगले अगाडि बढाए । एक दिन उनले अलि फरक सपना देखे, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने । त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए । ‘वाईवाई’ नामको नुडल्स फ्याक्ट्री खोले । ‘वाईवाई’ यति लोकप्रिय बन्दै गयो कि अहिलेको विश्व नुडल्स बजारमा दुई प्रतिशतको हिस्सा यसैले ओगटेको छ । विश्वका ३२ देशमा यसका उपभोक्ता छन् ।

 

वाइवाइको यात्रा कहाँसम्म ?

शुक्रबार, १९ माघ २०७४, ०८ : १४ |

बिहार (पूर्णिया) – नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पछिल्लो समय प्रत्येक वर्ष कम्तीमा एउटा वाइवाइको नयाँ उद्योग सञ्चालनमा ल्याएका छन् । वाइवाइको बजार विस्तारमा आक्रामक देखिएका चौधरीको यात्रा कहाँसम्म पुग्ने हो यसै भन्न सकिने अवस्था छैन ।  

चौधरी ग्रुपले अहिलेसम्म नेपालबाहेक भारतमा ६ वटा प्लान्ट सञ्चालनमा ल्याएको छ भने युरोपको सर्बियामा एउटा प्लान्ट खोलेको छ । नेपालको बर्दिया, बंगलादेशसहित केही प्लान्ट एक–दुई महिनामै सञ्चालनमा आउँदैछन् । यस्तै, कतिपय मुलुकमा प्लान्ट लगाउने प्रारम्भिक चरणका काम भइरहेका छन्।

 

सुनसरीमा चौधरीको औद्योगिक क्षेत्र

-करिब ५ सय मजदुरले रोजगारी पाउने-एक अर्ब रुपैयाँ लगानीको घोषणा -सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा

माघ १५, २०७४

इटहरी — सुनसरीको गढी गाउँपालिका २ औरावनीमा चौधरी ग्रुपले औद्योगिक क्षेत्रको स्थापना गरेको छ ।एक अर्ब रुपैयाँ लगानीको घोषणासहित ‘सीजी इन्टस्ट्रियल पार्क’ को उपप्रधानमन्त्री विजय गच्छदारले आइतबार शिलान्यास गरेका छन् ।

२२ बिघा जमिनमा पहिलो चरणमा वाइवाई चाउचाउ र चिज बल्सको प्लान्ट निर्माण गरिने ग्रुपले जनाएको छ । ‘नौ महिनाभित्रमा उत्पादन नै सुरु हुनेछ,’ उद्घाटन समारोहमा गु्रपका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसपछि हाम्रा अन्य उत्पादनका उद्योगहरू स्थापना हुनेछन् ।’ मुलुकको संघीय संरचनाअनुसार हरेक प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ त्यसको सुरुवात एक नम्बर प्रदेशबाट भएको चौधरीले बताए । २७ वर्षअघि नवलपरासीमा स्थापना गरिएको औद्योगिक क्षेत्रकै अवधारणाअनुसार नयाँ विस्तार गरिएको उनले बताए ।

प्रकाशित : माघ १५, २०७४ ०७:४७

 

चौधरी फाउन्डेसनको तीन विद्यालयमा ‘डिजिटल क्लास रूम’

 

चौधरी फाउण्डेसनले तीन वटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ।

सूचना प्रविधिमा आधारित विश्वब्यापी अध्ययन तथा अध्यापनको पहु्ँचमा नेपाली बालबालिकालाई पुर्याउने सोचले यसलाई कार्यान्वयनमा ल्याइएको सिजीले जनाएको छ।

पहिलो चरणमा नवलपुरका शान्ति श्रृजना आधारभूत र कालिका आधारभूत विद्यालय तथा सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लास रुम कार्यान्वयमा आएको हो।

फाउन्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका विद्यालयमा डिजिटल क्लास रूमको शनिवार छुट्टाछुट्टै उद्घाटन गरे।

यस परियोजना यसअन्तर्गत प्रत्येक विद्यालयले सात वटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टिभी र प्रोजेक्टर प्राप्त गरेका छन्। डिजिटल क्लास रूमको विस्तारमा पनि फाउन्डेसनले सहयोग गर्ने जनाएको छ।

सो अवसरमा चौधरीले विश्वमा साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए। विश्वब्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना जरुरी रहेको उनको भनाइ छ।

‘डिजिटल क्लास रूममार्फत् मात्रै विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ’, उनले भने 'शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुत गतिमा राष्ट्रब्यापी बनाउन आवस्यक छ।’

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा यो प्रारम्भिक पाइला भएको बताए।

डिजिटल क्लासरूम संचालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा ‘वाटर फिल्ट्रेसन सिस्टम’द्वारा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाइएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार शान्ति श्रृजना आधारभूत विद्यालय, सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयमा शुद्ध पानीको व्यवस्था मिलाइएको छ।

 

What do you want to do?

.